नेपाल विद्युत प्राधिकरण कालीगण्डकी रिडी १३२ के.भी प्रसारण लाईन आयोजनाको पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका वडा नं. ६ र ७ तथा तानसेन नगरपालिका वडा नं. १३ र १४ भित्र पर्ने निर्माणाधिन प्रसारण लाइनको मध्य रेखादेखि दाँया नौ मिटर र वाँया नौ मिटर गरी जम्मा १८ मिटर मार्गाधिकार क्षेत्र (Right of Way-ROW) भित्र पर्ने तपशिल बमोजिमका जग्गाहरु तथा सो जग्गामा भएका बोटविरुवाको क्षतिपूर्ति भुक्तानीका लागि विद्युत नियमावली २०५० को नियम ८८ को उपनियम १ बमोजिम गठन भएको क्षतिपूर्ति निर्धारण समितिले विद्युत ऐन, २०४९ को दफा ३३ को उपदाफा १,२,३ बमोजिम सम्बन्धित सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । क्षतिपूर्ति भुक्तानी प्रयोजनका लागि यथाशिघ्र सम्बन्धित जग्गाधनीहरुले हाल कायम भएको श्रेस्ता प्रमाणपुर्जाको प्रतिलिपि,चालु आ.व. को तिरो तिरेको रसिद,नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस सहित सम्बन्धित वडा कार्यालयहरु व कालीगण्डकी रिडी १३२ के.भी प्रसारण लाइन आयोजनाको कार्यालय मिर्मीमा निवेदन दिनु होला । उक्त ROW भित्र पर्ने तपशिल बमोजिमका कित्ता नं. का जग्गाहरुमा यो सूचना प्रकाशन भए पश्चात कुनै पनि प्रकारको भौतिक संरचना निर्माण तथा रुख विरुवाहरु रोप्न नपाउने गरी नियमानुसार निषेध गरिएको समेत यसै सूचनाबाट जानकारी गराईन्छ । साथै यो सूचनालाई अवज्ञा गरी भौतिक संरचना निर्माण गरेमा वा रुखविरुवाहरु रोपेमा प्रसारण लाइनले गर्दा हुने क्षतिको जिम्मेवार स्वयं सम्बन्धित व्यक्ति वा संस्था हुने व्यहोरा समेत यही सूचना मार्फत जानकारी गराईन्छ ।
Maintenance Schedule
Close-
Birtamod, Jhapa
Anarmani Distribution Center From 2026-05-22 12:00:00 - 2026-05-27 12:00:00 -
Ringroad area
Hetauda Distribution Center From 2026-04-14 12:00:00 - 2026-04-22 12:00:00 -
11 KV chapur 1 Feeder
Beltar Sub Distribution Center From 2025-11-01 14:45:00 - 2025-11-30 15:50:00 -
गोल बजार ११ के भि र कल्याणपुर ११ के भि फिडर
Damak Distribution Center From 2025-05-11 17:45:00 - 2026-05-29 00:45:00